काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ।
नेपाल र अष्ट्रेलियाबीच विकास साझेदारी, शिक्षा, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत निरन्तर संवाद हुँदै आएको छ।
01 Oct 2026