संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

hitkhabar.com


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको हो।

अधिवेशन २०८३ असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


प्रतिक्रिया