सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

hitkhabar.com


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ। सुनचाँदी व्यवसायीहरूको तथ्यांकअनुसार प्रतितोला सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार २०० रुपैयाँले घट्दै २ लाख ९१ हजार रुपैयाँमा झरेको हो। बिहीबार भने सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला २ सय ७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९८० रुपैयाँ कायम थियो।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार मूल्य प्रतिऔंस ४ हजार ८२८ अमेरिकी डलर आसपास रहेको छ।

प्रतिक्रिया