काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य ३ लाख ५ हजार २ सय रुपैयाँ थियो।
यस्तै, चाँदी आज प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ६० हजार ५ सय ४५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय २० रुपैयाँ कायम भएको छ।
21 Sep 2026