अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री शाहले भेटे कांग्रेस नेताहरू

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेता विश्वप्रकाश शर्मा सहभागी थिए।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका लागि अमेरिका जानुअघि आवश्यक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएको बताइएको छ।

प्रधानमन्त्री शाह महासभामा सहभागी हुन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

भेटमा महासभा सहभागिता तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छलफल भएको जनाइएको छ।

प्रतिक्रिया