काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा कायम भएको छ।
त्यस्तै, एक युरोको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा तथा एक पाउन्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा तोकिएको छ।
एक स्विस फ्र्याङ्कको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा रहेको छ। यस्तै, अस्ट्रेलियन डलर १०६ रुपैयाँ ७० पैसा खरिद र १०७ रुपैयाँ १२ पैसा बिक्रीदर कायम भएको छ।
क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा, सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ३५ पैसा रहेको छ।
त्यस्तै, १० जापानी येनको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर रु. १६०.०० र बिक्रीदर रु. १६०.१५ रहेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने केही फरक हुन सक्नेछ।