‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण प्रक्रिया अघि बढाउँदै मन्त्रालय

hitkhabar.com


काठमाडौं । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गरिएको छ।

ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप, अनुभव तथा जीवनभोगाइलाई राष्ट्रको साझा सम्पत्तिका रूपमा संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको छ।

यही उद्देश्यअनुसार ज्येष्ठ नागरिकका अनुभवको संरक्षण, अभिलेखीकरण तथा पुस्तान्तरणका लागि मन्त्रालयले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको जनाएको छ।

मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकको जीवनानुभव र ज्ञानलाई व्यवस्थित रूपमा सुरक्षित गरी नयाँ पुस्ताका लागि मार्गदर्शनको स्रोतका रूपमा उपयोग गर्ने उद्देश्यले अनुभव बैंकको अवधारणा अघि बढाइएको हो।

ज्येष्ठ नागरिकको अनुभवलाई संरक्षण गर्दै पुस्ताबीचको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य यस पहलले लिएको छ।


प्रतिक्रिया