साइप्रस पठाइदिन्छु भन्दै ९ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ

hitkhabar.com


काठमाडौं । वैदेशिक रोजगारीका लागि साइप्रस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साइप्रस पठाइदिने भन्दै लामो समयसम्म झुटा आश्वासन दिई रकम ठगी गरेको उजुरीका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ का ३७ वर्षीय सरोज मल्ल पक्राउ परेका हुन्।

प्रहरीका अनुसार मल्लले पीडितबाट ९ लाख ५० हजार रुपैयाँ लिएको र रकम लिएपछि सम्पर्कविहीन भएको आरोप छ।

मल्ललाई भक्तपुरको चाँगुनारायण नगरपालिका–३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा पठाइएको छ।


प्रतिक्रिया