यस्तो देखियो ड्रोनबाट बौद्धको रोपाईं जात्रा [तस्विरहरू]
hitkhabar.com
11 Aug 2025
काठमाडौँ । विशेषगरी गाईजात्राको भोलिपल्ट मनाइने रोपाईं जात्रा सोमबार काठमाडौंको बौद्धमा धुमधामका साथ मनाइएको छ । असारमा धान रोपाइँ सकेपछि मनाइने जात्रा नेवार समूदायले विशेष रुपमा मनाउने गर्छन् । जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउँने गरिन्छ ।