प्रधानमन्त्री शाह र निजी क्षेत्रका अगुवाबीच छलफल

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्यमी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायीहरू बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी हुनुहुन्छ।

छलफलमा मुलुकको समग्र आर्थिक अवस्था, उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा पनि छलफल केन्द्रित रहनेछ।

त्यस्तै, लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने, निजी क्षेत्रका समस्या सम्बोधन गर्ने र आर्थिक गतिविधिलाई गति दिने विषयमा छलफलबाट आवश्यक सुझाव तथा निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया