काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाललाई आज परराष्ट्र मन्त्रालयमा एसिया राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (ICAPP) का अध्यक्ष श्री चुङ यु-योंगले शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा दुवै पक्षबीच एसिया तथा ओसियानिया क्षेत्रका राजनीतिक दलहरूबीच आपसी सम्बन्ध, आदान–प्रदान तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ।
त्यस अवसरमा ICAPP को भूमिकालाई अझ सशक्त बनाउँदै क्षेत्रीय सहयोग र राजनीतिक संवादलाई प्रवर्द्धन गर्ने विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।
05 May 2026