सरकारद्वारा संघीय संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

hitkhabar.com


काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया