राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

hitkhabar.com


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि सरकारले सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको थियो।

सोही अध्यादेशलाई मन्त्रिपरिषद् बैठकले पुनः जस्ताको तस्तै स्वीकृत गर्दै राष्ट्रपतिसमक्ष फेरि सिफारिस गरेको थियो। सरकारको पुनः सिफारिसपछि राष्ट्रपतिले आज उक्त अध्यादेश जारी गरेका हुन्।

यसअघि मन्त्रिपरिषद्बाट सिफारिस गरिएका आठमध्ये सात अध्यादेश भने राष्ट्रपतिबाट जारी भइसकेका थिए। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्र पुनर्विचारका लागि रोकिएको थियो।

अध्यादेश जारी भएसँगै अब संवैधानिक परिषद् सम्बन्धी प्रावधान कार्यान्वयनमा आउने भएको छ।

प्रतिक्रिया