काठमाडौं । देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ ।
महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ ।
यस्तै, बाँकी तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
07 May 2026