काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री माननीय निशा मेहता बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक–BIMSTEC) अन्तर्गत आयोजना हुने बैठकमा नेपालको प्रतिनिधित्व गर्दै श्रीलंका पुग्नुभएको छ।
बैठकमा सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य, आपसी समन्वय तथा प्राविधिक र आर्थिक सहयोग अभिवृद्धिका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
उक्त बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समन्वयका विषयमा छलफल हुने जनाइएको छ।
10 Nov 2026