काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बिहीबार मात्र सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन बुधबार पनि सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढेको थियो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ। बुधबार भने सुन २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदीको भाउ तोलामा १०० रुपैयाँले बढेर ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।
07 May 2026