काठमाडौं । परराष्ट्रमन्त्री श्री शिशिर खनाल र सार्कका महासचिव महामहिम श्री मोहम्मद गोलाम सरवरबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा दक्षिण एशियाली क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । साथै, सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य, साझेदारी विस्तार तथा साझा हितका विविध विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ ।
भेटवार्तालाई नेपाल र सार्कबीचको सम्बन्ध थप मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ ।
07 May 2026