आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १५१ रुपैयाँमाथि

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य १५१ रुपैयाँभन्दा माथि कायम भएको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, युरोपियन यूरो एकको खरिददर १७८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७५ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ०४ पैसा तथा बिक्रीदर २०६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा रहेको छ । साउदी रियालको खरिददर ४० रुपैयाँ २७ पैसा तथा बिक्रीदर ४० रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

त्यस्तै, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ १४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३० पैसा तोकिएको छ । कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ २४ पैसा तथा बिक्रीदर ४९५ रुपैयाँ २० पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ र बिक्रीदर ४०१ रुपैयाँ ५९ पैसा कायम हुँदा ओमानी रियालको खरिददर ३९२ रुपैयाँ ३९ पैसा तथा बिक्रीदर ३९३ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन हुन सक्ने जनाएको छ ।


प्रतिक्रिया