ब्रोड पिक आरोहणका क्रममा निधन भएका आरोहीप्रति शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा श्रद्धाञ्जली

hitkhabar.com

c

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो ८,०५१ मिटर उचाइको ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

मन्त्रालयले जारी गरेको शोक सन्देशमा उक्त दुःखद घटनाले सम्पूर्ण नेपालीलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै दिवङ्गत सबै आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि मन्त्रालयले गरेको छ।

मन्त्रालयले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीहरूको पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै उनीहरूको स्मृति सधैँ अमर रहने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया