काठमाडौं । ‘सीप र रोजगारी: साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सीप तथा रोजगार मेला–२०८३ आयोजना हुने भएको छ।
कोशी प्रदेशको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना हुन लागेको हो।
मेलामा सीप तथा रोजगारी खोजकर्ता र रोजगारदातालाई सहभागी गराउने उद्देश्य राखिएको छ। मेलामा सहभागी हुन इच्छुक सीप तथा रोजगारी खोजकर्ता र रोजगारदाताले अनिवार्य रूपमा jobfair.shramsansar.gov.np मा दर्ता गर्नुपर्ने जनाइएको छ।
सम्बन्धित सीप तथा रोजगारी खोजकर्ता र रोजगारदातालाई अनलाइनमार्फत दर्ता गरी मेलामा सहभागी हुन आग्रह गरिएको छ।
मेलामार्फत सीप र अवसरलाई रोजगारीसँग जोड्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ।
29 Sep 2026