हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना, तराईमा मौसम सफा

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम सामान्यतया स्थिर रहने भए पनि केही स्थानमा आंशिक बदलीको अवस्था रहनेछ।

दिउँसोतिर हिमाली तथा पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले उच्च भू-भागमा यात्रा गर्ने तथा बाहिरी गतिविधि गर्नेहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया