काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज केही घटेको छ भने युरोपियन युरोको मूल्य भने बढेको देखिएको छ।
केन्द्रीय बैंकले तय गरेको दरअनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १५१ रुपैयाँ १ पैसा कायम गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३५ पैसा तोकिएको छ।
त्यसैगरी बेलायती पाउण्ड स्ट्रलिङको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७६ पैसा कायम हुँदा स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
अन्य मुद्रातर्फ अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १० पैसा र बिक्रीदर १०८ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर ११० रुपैयाँ ४९ पैसा (खरिद) र ११० रुपैयाँ ९३ पैसा (बिक्री), तथा सिङ्गापुर डलर ११८ रुपैयाँ १४ पैसा (खरिद) र ११८ रुपैयाँ ६१ पैसा (बिक्री) तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४२ पैसा रहेको छ।
यसैगरी, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर समेत सार्वजनिक गरिएको छ। हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको मूल्य पनि अद्यावधिक गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यक परेमा विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुनसक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।
