यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका तीन निर्णयहरू

hitkhabar.com


काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक कारोबार गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।

सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

त्यसैगरी, बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गरेको छ।

बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख (आईजी) मा बढुवा तथा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया