काठमाडौं । भारत भ्रमणमा रहेका नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन्।
नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा बिहीवार अपराह्न करिब ५ बजे दुई मन्त्रीबीच भेट भएको हो।
भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक तथा वित्तीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ। यद्यपि, छलफलका विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन।
भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको थियो।
17 Sep 2026