प्रधानमन्त्री शाहसँग भारतीय राजदूत नवीन श्रीवास्तवको विदाई भेट

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गर्नुभएको छ।

नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको हो।

भेटका क्रममा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया