नेपालको शानदार जित: अमेरिकालाई ९ विकेटले पराजित गर्दै लिग–२ मा उत्कृष्ट प्रदर्शन

hitkhabar.com


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य नेपालले ३७ औं ओभरमै मात्र  १ विकेटको क्षतिमा सहजै पूरा गरेको हो।

नेपालका ओपनर कुशल भुर्तेलले उत्कृष्ट शतक प्रहार गर्दै अविजित १२० रनको योगदान दिए भने आशिफ शेखले ५८ रनको संयमित इनिङ खेलेर जितलाई सहज बनाए। दुवै ब्याट्सम्यानको उत्कृष्ट साझेदारीले नेपाललाई लक्ष्यसम्म सहज रूपमा पुर्‍याएको थियो।

यस जितसँगै नेपालले लिग–२ मा महत्वपूर्ण अंक जोड्दै आफ्नो स्थिति थप मजबुत बनाएको छ।

प्रतिक्रिया