सरकार र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम अन्त्य

hitkhabar.com


काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’बीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सरकार र महाभियानबीच भएको वार्तापछि १४ बुँदे सहमति जुटेको हो। सहमति भएसँगै महाभियानले सञ्चालन गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको छ।

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको छलफलपछि सहमति जुटेको हो। सहमतिपछि महाभियानले आजैका मितिदेखि आफ्ना धर्ना तथा आन्दोलनका सबै कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको जनाएको छ।

For link here: https://www.facebook.com/share/v/1G4sK6Lhaa/?mibextid=wwXIfr


प्रतिक्रिया