प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी

hitkhabar.com


काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । 

स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।


प्रतिक्रिया