काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेका थिए।
बाढीपछि पछिल्लो तीन दिनको निरन्तर प्रयासमा नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको छ।
बाढीको प्रभाव र नदी कटान जारी रहेकाले नेपालतर्फबाट सीमा पहिचान गरी झण्डा गाड्न निकै असहज भएको थियो। जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको हो।
सम्बन्धित भिडियो:
भिडियो हेर्नुहोस् https://www.facebook.com/share/v/19MttFoaUa/
05 Sep 2026