महिलाको सुरक्षित यात्राका लागि ‘ब्ल्यू बस’ सञ्चालन गरिने

hitkhabar.com


काठमाडौं । सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकतामा राख्दै ‘ब्ल्यू बस’ सञ्चालन गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले सीसी क्यामेरा जडान गरिएका ‘ब्ल्यू बस’ सञ्चालन गरिने जानकारी दिएका हुन्।

बजेट वक्तव्यअनुसार महिलाले सार्वजनिक यातायातमा सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले विशेष सुरक्षा सुविधासहितका बस सञ्चालनमा ल्याइनेछ। यसका लागि बसमा निगरानी प्रणाली तथा आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गरिने सरकारको योजना रहेको छ।

सरकारले सार्वजनिक यातायातलाई थप सुरक्षित, व्यवस्थित र सेवामुखी बनाउने नीति अन्तर्गत यो कार्यक्रम अघि बढाएको जनाएको छ।

प्रतिक्रिया