आजका लागि विदेशी मुद्राको विनिमय दर

hitkhabar.com


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तै, १ युरोको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा रहेको छ।

त्यसैगरी, १ बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा रहेको छ। १ स्विस फ्र्याङ्कको खरिददर १८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७० पैसा रहेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आफ्नो प्रयोजनका लागि तोकेको विदेशी मुद्राको दर र बैंक तथा वित्तीय संस्थाले कारोबारमा लागू गर्ने दर फरक हुन सक्ने जनाएको छ।

अन्य प्रमुख विदेशी मुद्राको विनिमय दर यस्तो छ :



प्रतिक्रिया