नारीको परिचय केवल कोमलतामा सीमित हुँदैन — सबिना काफ्ले

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन साहकी पत्नी सबिना काफ्लेले सामाजिक सञ्जालमार्फत नारीको व्यक्तित्व र क्षमताबारे अर्थपूर्ण सन्देश साझा गरेकी छन्।

उनले महिलालाई केवल कोमलता र सौम्य व्यवहारका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने बताएकी छन्। “A woman is not only the gentleness she offers the world. Her softness is a part of her story, not the whole of it” भन्ने सन्देशमार्फत काफ्लेले महिलाको जीवन, संघर्ष, आत्मविश्वास र क्षमताका अनेक आयामहरू रहेको संकेत गरेकी छन्।

उनको भनाइले नारीको सौम्यता उसको व्यक्तित्वको एउटा सुन्दर पक्ष भए पनि त्यसैले मात्र उसको सम्पूर्ण परिचय नबन्ने सन्देश दिन्छ। महिलाभित्र रहेको साहस, दृढता, आत्मसम्मान र नेतृत्व क्षमतालाई समेत समाजले समान रूपमा सम्मान गर्नुपर्ने उनको अभिव्यक्ति रहेको छ।

 https://www.facebook.com/reel/1100114719861069

प्रतिक्रिया