नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर बनाइने

hitkhabar.com


काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता वृद्धि गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नर्सहरूले पाउँदै आएको रात्रि ड्युटी भत्ता दोब्बर बनाइने घोषणा गरिएको हो।

शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्वास्थ्य क्षेत्रका जनशक्तिको मनोबल वृद्धि र सेवाप्रति प्रोत्साहन गर्न नर्सहरूको रात्रि ड्युटी भत्ता बढाउने व्यवस्था गरिएको जानकारी दिनुभयो।

सरकारको यो निर्णयबाट देशभर कार्यरत नर्सहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया