मुस्लिम समुदायले आज बकर ईद मनाउँदै

hitkhabar.com


काठमाडौं । मुस्लिम समुदायले आज बकर ईद अर्थात् ईद–उल–अधा श्रद्धा र हर्षोल्लासका साथ मनाउँदै छन्। इस्लाम धर्मग्रन्थअनुसार हजरत इब्राहिमको त्याग, समर्पण र अल्लाहप्रतिको विश्वासको सम्झनामा यो पर्व मनाइन्छ।

यस अवसरमा मुस्लिम धर्मावलम्बीहरू बिहानै नुहाइधुवाइ गरी मस्जिद वा खुला मैदानमा सामूहिक नमाज पढ्छन्। नमाजपछि एक–आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ।

बकर ईदमा कुर्बानी दिने चलन छ। कुर्बानी गरिएको पशुको मासु तीन भागमा बाँडिन्छ—एक भाग परिवारका लागि, एक भाग आफन्त तथा छिमेकीका लागि र अर्को भाग गरिब तथा असहायका लागि छुट्याइन्छ।

हिजरी संवत्अनुसार जुल हिज्जा महिनाको १०औँ दिन मनाइने यो पर्वले त्याग, सहयोग, सद्भाव र धार्मिक सहिष्णुताको सन्देश दिन्छ।

प्रतिक्रिया