रुकुम पश्चिममा ओढारभित्र लुकाइएका ३ नाल भरुवा बन्दुक बरामद

hitkhabar.com


रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ पेदिखेतमा प्रहरीले ३ नाल भरुवा बन्दुक बरामद गरेको छ।

प्रहरीका अनुसार पेदिखेतस्थित ढुङ्गाको ओढारभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ती भरुवा बन्दुक फेला परेका हुन्।

प्रहरी चौकी सिम्रुतुबाट प्रहरी नायब निरीक्षक कृष्णबहादुर शाहको कमाण्डमा खटिएको ४ सदस्यीय प्रहरी टोली गस्तीमा रहेका बेला ओढारभित्र लुकाइराखेको अवस्थामा बन्दुक फेला पारेको हो।

बरामद गरिएका भरुवा बन्दुक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा ल्याएर राखिएको प्रहरीले जनाएको छ।

उक्त स्थान प्रहरी चौकी सिम्रुतुबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्दछ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया