प्रधानमन्त्री शाह भन्नुहुन्छ : ‘सुशासन नारा होइन, काम हो; हामी काम गरिरहेका छौँ’

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुशासन विकासको अनिवार्य पूर्वसर्त भएको बताउनुभएको छ।

प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको उल्लेख गर्दै त्यसलाई उखेल्ने हातहरू अब झन् बलिया र झन् धेरै रहेको बताउनुभएको छ।

उहाँले भन्नुभएको छ, ‘म प्रस्ट भन्छु : यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन्।’

वर्तमान सरकार सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी एवं सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रिया अवलम्बन गरेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

प्रधानमन्त्री शाहले ‘सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ’ भन्नुभएको छ।

त्यस्तै, संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न संघीय सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ।


प्रतिक्रिया