काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ मा कारोबार भएको थियो। एक दिनमै सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज उकालो लागेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ मा कारोबार भएको थियो।
यससँगै शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ।
18 Sep 2026