काठमाडौं । नेपाली चलचित्र अभिनेत्री तथा मोडल एलिशा राईले सामाजिक सञ्जालमार्फत मनोविज्ञान, दर्शन, मानव स्वभाव तथा जीवनका गहिरा पक्षबारे आधारित पुस्तकहरूको सिफारिस मागेकी छन्।
उनले आफ्नो पोस्टमा “मलाई जीवनका गहिरा कुराकानीहरू मन पर्छ… अनि यस्तै कोमल क्षणहरूमा कैद हुन झन् बढी” भन्दै जीवनका शान्त जटिलता, मानव व्यवहार र सोचबारे बुझ्न सहयोग गर्ने पुस्तकहरू सुझाइदिन आग्रह गरेकी हुन्।
उनको उक्त पोस्ट सामाजिक सञ्जालमा चर्चा भइरहेको छ भने धेरै प्रयोगकर्ताले विभिन्न पुस्तकहरूको नाम सुझाइरहेका छन्।
09 May 2026