फिलिपिन्समा भूकम्पबाट भएको मानवीय क्षतिप्रति नेपाल सरकारद्वारा गहिरो दुःख व्यक्त

hitkhabar.com


काठमाडौं । दक्षिणी फिलिपिन्समा आएको शक्तिशाली भूकम्पका कारण भएको मानवीय क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

नेपाल सरकारले भूकम्पमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, फिलिपिन्स सरकार र त्यहाँका नागरिकप्रति पनि नेपालले सहानुभूति प्रकट गरेको छ।

सरकारले भूकम्पपछि हराइरहेका व्यक्तिहरूको शीघ्र उद्धार तथा घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गरेको छ।

यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनता फिलिपिन्स सरकार तथा त्यहाँका नागरिकहरूसँग ऐक्यबद्ध रहेको जनाइएको छ।

प्रतिक्रिया