काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य उपचार तथा मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घाइतेहरूको अवस्थाअनुसार उपचार सुविधा र मासिक भत्ताको व्यवस्था गरिने जानकारी दिनुभयो।
त्यस्तै, जेनजी आन्दोलनका घाइतेहरूको आर्थिक सशक्तीकरणका लागि उद्यमशीलता प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा उल्लेख गरिएको छ।
29 May 2026