काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रतर्फ २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको विस्तार तथा शैक्षिक पूर्वाधार सुदृढीकरणका लागि उक्त रकम छुट्याइएको जानकारी दिनुभयो।
29 May 2026