काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोन संवाद गरेका छन्।
मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत दुवै नेतासँग न्यानो टेलिफोन वार्ता भएको जानकारी दिँदै नेपालको निर्वाचनमा प्राप्त विजय तथा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) को उल्लेखनीय सफलताप्रति बधाई दिएका छन्।
उनले आगामी सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत–नेपालबीच पारस्परिक समृद्धि, प्रगति र जनकल्याणका लागि भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत–नेपाल सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास समेत मोदी ले व्यक्त गरेका छन्।
09 Mar 2026