स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा २०८३/८४ को कार्यसम्पादन सम्झौता

hitkhabar.com


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र मन्त्रालयका सचिव डा. विकास देवकोटासहित मन्त्रालयअन्तर्गतका विभाग तथा महाशाखा प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

स्वास्थ्य सेवा विभाग, औषधी व्यवस्था विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा महाशाखा प्रमुखहरूसँग चालु आर्थिक वर्षमा सम्पादन गरिने मुख्य काम तथा हासिल गर्नुपर्ने उपलब्धिका विषयमा कार्यसम्पादन सम्झौता गरिएको हो।

सम्झौतामा सुशासन प्रवर्द्धन, स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा तोकिएका कार्यक्रम र लक्ष्य समयमै हासिल गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

कार्यसम्पादन सम्झौतामार्फत मन्त्रालय तथा मातहतका निकायले आर्थिक वर्ष २०८३/८४ मा सम्पादन गर्नुपर्ने प्रमुख काम, जिम्मेवारी तथा अपेक्षित उपलब्धिलाई स्पष्ट पारिएको छ।

प्रतिक्रिया