गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

hitkhabar.com


काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार प्रतिस्पर्धात्मक प्रक्रियामार्फत एक जना उम्मेदवार छनोट गरी नियुक्ति गर्ने उद्देश्यले आवेदन माग गरिएको हो। इच्छुक तथा योग्य व्यक्तिले २०८३ असार १८ गते (सोमबार) कार्यालय समयभित्र दरखास्त पेश गर्न सक्नेछन्।

दरखास्त फाराम, आवश्यक योग्यता, पेश गर्नुपर्ने कागजात तथा अन्य विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट www.moic.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया