घरदैलोमै राहदानी सेवा, ७६ जिल्लाका ७,२७६ सेवाग्राही लाभान्वित

hitkhabar.com


काठमाडौं । हुलाक सेवा विभागले राहदानी वितरणलाई थप नागरिकमैत्री बनाउँदै घरदैलोमै राहदानी पुर्‍याउने सेवा विस्तार गरेको जनाएको छ।

विभागका अनुसार हालसम्म देशका ७६ जिल्लाका ७ हजार २७६ सेवाग्राहीले आफ्नै घरमा राहदानी प्राप्त गरिसकेका छन्।

विभागले नागरिकलाई सहज, छिटो र झन्झटमुक्त सेवा उपलब्ध गराउने उद्देश्यका साथ घरमै राहदानी वितरण सेवा सञ्चालन गर्दै आएको जनाएको छ। यस सेवाबाट सेवाग्राहीलाई कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम हुनुका साथै राहदानी प्राप्त गर्ने प्रक्रिया थप सहज बनेको विभागको विश्वास छ।


प्रतिक्रिया