काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरणका लागि वातावरण व्यवस्थापन विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नियमित प्रदूषण जाँच गर्दै आएको छ।
उपत्यका भएर सञ्चालन हुने सवारी साधनहरूको प्रदूषण स्तर मापन गरी वातावरणीय मापदण्ड पूरा नगर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याइँदै आएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।
फेल भएका सवारी साधनलाई आवश्यक मर्मत गरी तोकिएको मापदण्ड पूरा गरेपछि मात्र पुनः सञ्चालन गर्न अनुमति दिइने व्यवस्था रहेको छ।
10 May 2026