काठमाडौं। रूपन्देही जिल्ला सिद्धार्थ राजमार्ग लगायत विभिन्न भित्री सडकखण्डमा लागुऔषध सेवन गरी सार्वजनिक सवारी साधन चलाएको आरोपमा १७ जना चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले विशेष चेकजाँच अभियान सञ्चालन गर्ने क्रममा लागुऔषध सेवन गरेर सवारी चलाइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार सार्वजनिक सवारी साधन चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा यात्रुको सुरक्षामा गम्भीर जोखिम हुने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई थप कडाइ गरिएको छ।
09 May 2026