आजको मौसम : देशका विभिन्न भू–भागमा बदली, वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसका कारण आज देशका विभिन्न भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै बाँकी हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। मेघगर्जन र चट्याङ्गका कारण दैनिक जनजीवन, कृषि तथा सडक यातायातमा सामान्य प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया