नयाँ वर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि

hitkhabar.com

काठमाडौं । विक्रम संवत् २०८३ को पहिलो दिन मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ हजार १०० रुपैयाँले वृद्धि भएको हो। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी आज १६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यसअघि चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया