ओली पक्राउपछि एमालेको आकस्मिक बैठक

hitkhabar.com


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीले आकस्मिक रूपमा बैठक बोलाएको छ। आज बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक आह्वान गरिएको जनाइएको छ।

एमाले सचिव महेश बस्नेतले वर्तमान घटनाक्रमले देशको राजनीतिक वातावरण तनावपूर्ण बन्न सक्ने बताएका छन्। उनका अनुसार बालेन नेतृत्वको सरकारले अनुभवहीन तथा विवादित पृष्ठभूमि भएका व्यक्तिलाई गृहमन्त्रीमा नियुक्त गर्नुका साथै पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुले परिस्थितिलाई जटिल बनाएको दाबी गरिएको छ।

यस विषयमा थप रणनीति तय गर्न बोलाइएको बैठकबाट आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने एमालेले जनाएको छ।


प्रतिक्रिया